तिलोत्तमा क्रिकेट विकास समितीको अध्यक्षमा भुर्तेल , पाचौं साधारणसभामा पत्रकार पौडल सम्मानित

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा क्रिकेट बिकास समितिको अध्यक्षमा दीपक शर्मा भुर्तेल निर्वाति भएका छन । समितीको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट भुर्तेल सर्बसम्मत अध्यक्ष निर्बाचित भइका हुन । शनिवार सम्पन्न भएको अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको छ । जसकाको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलन भण्डारी, सह कोषध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएको निर्वाचन समितीका संयोजक बाबुराम गैरेले बताए ।

अधिबेसनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र सह कोषाध्यक्ष पदहरु सर्बसम्मत भएपनि अन्य पदहरुमा भने मतदान भएको थियो ।
तिलोत्तमा क्रिकेट बिकास समितिका कार्यवाहाक अध्यक्ष लोकनेश ढेंगाको अध्यक्षता, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेन्द्र के.सीले गरेका थिए । साधारणसभाबाट अध्यक्षको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्बसम्मत पारित भएका छन ।

यसैबीच, समितीको साधारणसभाका अवसरमा कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई शनिवार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो । आफ्नो पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा संचारको माध्यमबाट योगदान पुयार्एको भन्दै पौडेललाई नगद राशिसहित दोसल्ला ओडाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् । पौडेल ले विगत ११ वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेकी छन् ।

पौडेल पत्रकार महासंघ , रुपन्देहीकी कार्यसमिति सदस्य समेत हुन् । साथै समितीले सो अवसरमा यसअघिका कार्यसमिती तथा सल्लाहकारहरुलाई समेत सम्मान गरेको नवनिर्बाचित अध्यक्ष भुर्तेलले जानकारी दिए ।

 
 
  
 

You may also like