कारको डिक्कीमा लुकाइराखेको डेढ करोड रुपैयाँ सहित समातिए भारतीय नागरिक

by समतल अनलाइन

काठमाडौं। प्रहरीले श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारत गोरखपुर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कार चालक कपिलवस्तु बाँणगंगा ४ बस्ने बर्ष २२ का संगम थारुलाई पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले टोलीले सोमबार बिहान करिव साढे चार बजे नागढुङ्गा चेकप्वाइन्टमा कपिलवस्तुबाट काठमाडौं आउदै गरेको प्रदेश ३–०१, ०२३ च २२५९ नंवरको हुन्डाइ कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रकम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि अशोक सिंहले जानकारी दिए ।

हुन्डाइ कारको डिक्कीमा स्पेयर टायरमुनी लुकाइराखेको अवस्था ३ वटा झोलामा सो रकम फेला परेको उनले बताए । उक्त रकम भारतबाट भारतीय रुपैया ल्याइ नेपालको सीमा क्षेत्रमा पटक पटक गरि नेपाली रुपैया सटही गरिएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । रकम सहित प्रक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि सम्पती सुद्धिकरण बिभागमा पठाइएको छ ।

 
 
  
 

You may also like