काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

by समतल अनलाइन

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।काँग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेशमा प्रदेशस्तरीय विरोध प्रदर्शन गर्ने भएको छ भने माघ ३ गतेदेखि देशभरका ७५३ स्थानीय तहमा आन्दोलन गर्ने घोषणा गरेको छ । त्यस्तै माघ ८ गते देशका सम्पूर्ण वडास्तर (६७४३) मा प्रतिनिधिसभा विघटनको विरोधमा कार्यक्रम हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले यसलाई असंवैधानिक कदम भन्दै आएको छ । यसअघि यसको विरोधमा कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेको थियो ।

पुस ७ गतेबाट बसेको केन्द्रीय समिति बैठक पुस १० गते १३ गते प्रदर्शन गर्ने निर्णय गरेर स्थगित भएको बैठक आइतबार बसेको हो ।

 
 
  
 

You may also like