साहित्यकार ज्ञवालीलाई सूचक सम्मान

by समतल अनलाइन

बुटवल । सूचक प्रकाशनले विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई सूचक सम्मान प्रदान गरेको छ । साहित्यतर्फको सूचक सम्मान साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई दिइएको हाे ।

ज्ञवालीलाई एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ तथा इतिहासविद् प्रा दिनेशराज पन्तले सम्मान प्रदान गर्नुभयो । गुल्मीको रूरू क्षेत्र थाेर्गामा जन्मिएका ज्ञवालीका मौलिक र सम्पादित गरी पचास कृति प्रकाशित छन् ।

सम्मानित स्रष्टा ज्ञाननिष्ठ ज्ञवालीले राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्य गरिएको कविता सुनाउदै साे सम्मानले थप जिम्मेवारी थपिएको बताउनुभयो ।

यस्तै सोही कार्यक्रममा बौद्ध लेखक तीर्थरत्न शाक्य, साहित्यकार नवीना श्रेष्ठ, महिला अधिकारवादी सीमा खान, साहित्यकार तथा पत्रकार प्रकाश सिलवाल, कलाकार एकराज शाक्य समेतलाई विभिन्न सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा कविहरू राधिका पन्त , हरिविक्रम केसी, लक्ष्मीप्रसाद ज्ञवाली, प्रीति कौर, रश्मी रिमाललगायतका कविहरूले कविता वाचन गर्नुभयो । दीपक भेटवालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि पन्तले स्रष्टालाई सम्मान गर्ने परम्पराले उत्साह थपिने धारणा व्यक्त गर्नुभयो ।

 
 
  
 

You may also like