कुर्घा सम्पर्क समाजमा अर्याल

by समतल अनलाइन

बुटवल। गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशनले पुन : तेजनारायण अर्यालको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ। कार्यसमितिको उपादक्ष्यमा हिरा बहादुर थापा , सचिबमा प्रकाश थापा , कोषाध्यक्षमा टेकनाथ पंगेनी ,रहेका छन्। त्यस्तै सदस्यहरुमा यम गुरुङ , कृष्ण बि.क. ,डम्बर पचभैया , दुर्गा बहादुर सापकोटा, सिता पौडेल र जीवन पौडेल रहेका छन्।

निर्वाचन पछि समितिले एक जना सदस्य थप गर्न कार्यसमितिलाई अख्तियारी समेत दिएको छ। आपचौर – रुपन्देही सम्पर्क समाजका अध्यक्ष मुकुन्द भण्डारी संयोजक तथा पौदि अमराई सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतम र तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाकार बिपी गौतम सदस्य रहेको निर्वाचन समितिले नया कार्यसमिति गराएको हो।

यसअघि संस्थाको साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै गुल्मी रुपन्देही सम्पर्क समाजका कार्यवाहक अध्यक्ष डा. नारायन पन्थले स्थापनाको छोटो समयमा संस्थाले गरेका कार्यहरु प्रशंसनीय रहेको बताए। आफ्नो जन्मस्थल वा पुर्ख्यौली ठाउको सामाजिक विकासमा टेवा पुर्याउन संस्थाका अगुवाहरुलाई सुझाब दिदै उनले यसमा सहयोग गर्न आफु र संस्थाले सद्जी सहयोग गर्ने बताए।
औपचारिक कार्यक्रमहरु तोकिएकै समयमा सुरु गर्न तथा कार्यक्रमहरु छिटो छरितो गराउन उनले सुझाब दिए। यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका इन्चार्ज दिनेश गोपाल थापाले कुर्घेलिहरुको भावानात्मक एकताका लागि समाजले महत्वपुर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कुर्घामा समेत कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै अध्यक्ष तेज नारायण अर्यालले समाजले नियमित रुपमा रक्तदान , अपाङ्ग तथा अनाथ आश्रममा सहयोग , तिजमिलन कुर्घेलिहरुको दुखसुखमा सहयोग तथा सहभागिता लगायतका काम गर्दै आएको बताए। उनले संस्थाले डाईरेक्टि प्रकाशनको अन्तिम तयारीमा रहेको जानकारी गराउदै संस्थाका गतिविधिमा सहयोग गर्ने सम्पुर्ना प्रती आभार ब्यक्त गरे। संस्थाका सदस्य प्रकाश थापाको संचालन भएको कार्यक्रममा मुकुन्द भण्डारी , हिराबहादुर थापा , टेकनाथ पंगेनी लगायले बोलेका थिए।

 
 
  
 

You may also like