रुपन्देहीमा गोली प्रहार गरी लुटपाट, एकको मृत्यु

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए ।

            सलमान खान अन्नपूर्ण

उनको बायाँ कुममा गोली लागेको छ । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुमारी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ ।

 
 
  
 

You may also like