भारतमा थप २३ हजार जनामा संक्रमण

by समतल अनलाइन

काठमाडौँ। भारतमा थप २३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ४७ हजार ४६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९७ लाख १७ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार १२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।

 
 
  
 

You may also like