कंचनमा वडा नं. १ को वडा कार्यलय शिलान्यस

टिका खरेल
सैनामैना १४ श्रवाण । कंचन गाउपालिका वडा नं. १ को वडा कार्यलय भवनको एक कार्यक्रमका विच शिलन्यस गरिएको छ । लौसा चौपरीमा सो भवनको शिलन्यस गरिएको हो ।

भवनको शिलन्यस गर्दै प्रमुख अतिथि रहनु भएका नेकपाका प्रमुख सचेतक एवं प्रदेश नं ५ का प्रदेशसभा सदस्य भुमिश्वर ढकालले गाँउ पालिकाले राम्रो काम गर्दै आएको कुरा बताउनु भयो । चुनाबमा आफुले गरेको बचा अनुसार विकास निर्माणका कार्य गरिरहेको बताउनु भयो । बिकास निर्माण प्रमुख एजेण्डा भएकाले बिकासको काममा सबै एकजुट भएर जानुपर्ने उहाँको भनाई थियो ।

कंचन गाउपालिकाका अध्यक्ष गोर्कण बहादुर क्षेत्रीले देश संघिय प्रणलीमा गए पश्चात निति नियम जन निर्वाचित प्रतिनिधिहरुले बनाउनु पर्ने र विकास निर्माणका काम पनि एकै साथ गर्नु पर्ने जिम्मेवारी भएकोले आफुहरुले केहि कामहरु समयमा गर्न नसकेको तर कंचन वासिहरुलाई चुनावमा वचा गरे अनुसार काम गरिरहेको कुरा बाताउनु भयो । अन्य गाँउपािलका भन्दा उत्कृष्ट काम गरेको समेत उहाँले बताउनु भयो ।

करिब ७५ लाखको लगानीमा हाललाई एक तले भवन निमार्ण कार्यको थालनी गरेको बार्ड नं १ का वडाध्यक्ष हरिनारायण थारुले जानकारी दिनु भयो । आउने बैशाख सम्म सो भवनको निर्माण कार्य सम्पन्न हुने समेत वडाध्यक्ष थारुले बताउनु भयो ।
सो भवनको निमार्णको जिम्मा जय देउराली निर्माण प्रा.लि.ले पाएको छ ।

कार्यक्रममा कंचन गाउपालिकाकी उपाध्यक्ष गोमा तरामु मगर ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी वार्ड सचिव वृष बहादुर पुलामी, वार्ड सदस्य खगेश्वर भुषाल लगायतले कंचन गाउपालिको विकास निर्माणमा एक जुट हुन अग्रह गर्नु भयो ।
कार्यक्रममा बिभिन्न स्थानिय क्लब, आमा समुहका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी टोल विकासका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

भ्रष्टचार प्रमाणित गर्न गाँउपालिका अध्यक्षको चुनौती

कंचन गाउपालिका अध्यक्ष गोर्कण बहादुर क्षेत्रीले भ्रष्टचार प्रमाणित भए राजिनामा दिने बताएका छन । “गाँउपालिका मध्य सवै भन्दा विकास निमार्णका काम भएको गाँउपालिका कंचन हो । हामिले उत्कृष्ट काम गरेका छौं । अहिले हेर्ने हो भने स्थानिय प्रदेश तथा केन्द्र सरकारको कुल बजेट हामिले नै विकास निर्माणमा खर्च गरेका छौं । ” काम गर्दा सानातिना गल्ती हुन्छन् तर हुदै नभएको बिषयलाई अनावश्यक प्रचारबाजी गर्ने प्रबृतिले गाँउपालिकालाई बदनाम गर्न खोजिएको प्रति आफुलाई दुःख लगेको बताउनु भयो । केहि व्यक्ति तथा मिडियाले योजना वद्ध तरिकाले गाँउपालिकालाई बदनाम गर्न खोजेको प्रति उहाँले प्रष्टचार प्रमाणीत गर्न समेत चुनौती दिनु भयो ।
गाँउपालिकामा विकास निर्माणका काम ९५ प्रतिशत भएको राम्रो कामलाई ओझेलमा पारिएको तर र ५ प्रतिशत काम नराम्रोलाई बढी प्रचारबाजी गरिएको प्रति लाई खेद ब्यक्त गर्दछु उहांले भन्नु भयो ।

गाउपालिकाका केही योजनाहरु सम्पन्न हुन बाकी रहेको र गाउपालिकाले अनुगमन गर्न बाकी र भुक्तानी समेत नभएको अवस्थामा केही पत्रकार र मिडियाले सामाजिक संजालमा अनावश्यक र तथ्यबिहिन समाचार राखेकोमा क्षेत्रीले दुःख ब्यक्त गरेका छन ।

 
 
  
 

You may also like