धारिलो हतियार प्रयोग गरि गुल्मिमा एक जनाको हत्या

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ३ तोलादीमा खुर्पा प्रहार गरि एक जनाको हत्या भएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ३ तोलादी निवासी ४८ वर्षका मोतिलाल कुमालको हत्या भएको हो । सोही स्थानका ४५ बर्षिय लक्ष्मण कुमालले आफुले धारिलो हतियार प्रयोग गरि मोतिलालको हत्या गरेको भन्दै प्रहरी चौकी वामीमा आएका थिए ।

खेतमा सिंचाई गर्ने बिषयमा झगडा भएको र दुवैले रक्सी खाएको कारण सो घटना भएको प्रहरीको भनाइ छ ।

मृतकको शव नौघाट भन्ने ठाउमा भेटिएको थियो भने हाल मुचुल्का तयार गरि पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यामा संलग्न लक्ष्मण भने प्रहरी हिरासतमा छन ।

 
 
  
 

You may also like