जन्म दिनमा खाद्यान्न वितरण

by समतल अनलाइन

बुटवल । आफ्नो जन्मदिनमा विध्यार्थी हिमाल पोख्रेलले खाद्यान्न सहयोग गरेका छन ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका पोख्रेल बुटवलमा ब्यवसायिक यात्रा संगसंगै आफ्नो शैक्षिक यात्रालाई पनि अगाडि बढाएका छन ।

जन्मदिनमा केक काट्ने , साथीभाइ संग खानपान गरि रमाइलो गर्नु भन्दा दुख पाएका ब्याक्तीहरुलाई सहयोग गरि जन्म दिन मनाउदा आफुलाई सन्तुष्टि मिलेको बताए ।

उनले रु ७००० बचाएर चामल , नुन , आटा , चियापत्ती लगायतका खाद्यान्न सामग्री आश्रममा सहयोग गरेका हुन ।

 
 
  
 

You may also like