स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारले केही गरेनः डा. अग्रहरी

by समतल अनलाइन

बुटवल । नेपालमा कोरोना महामारी फैलिएको एक बर्ष पुग्न आँटेको छ । महामारी व्यव्थापनमा सरकारी र निजी दुवै अस्पतालहरूले जनशक्ति र पूर्वाधार अभावको समस्या भोग्नु पर्यो । अस्पतालमा डाक्टर, नर्सहरूले यस महामारी निकै फरक अनुभूत गर्न पुगे । यसबिच रहेर कोरोनासँगको लडाईमा निजी अस्पतालको भूमिका कस्तो रह्यो भन्नेबारे समतल अनलाईनकर्मी सन्त कुमार श्रेष्ठले तिनाउ इन्टरनेशनल अस्पतालका अर्थोपेडिक ट्रमा एण्ड स्पाइनल कन्सल्टेन्ट डाक्टर योगेन्द्र अग्रहरीसँग कुराकानी गरेका छन । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

कोभिडले स्वस्थ्य क्षेत्रमा कस्तो असर पारिरहेको छ ?

कोभिडले गर्दा अन्य बिरामीहरु अस्पताल आउन डराउने गरेका छन् । कोरोना महामारीको कारणले गर्दा अन्य बिरामीहरु रोग सन्चो नहुने होकि आदि मानसिक तनाबमा छन् । यसले गर्दा बिरामीको ‘फ्लो’ घटेको छ ।

निजि क्षेत्र जस्तै तिनाऊ ईन्टरनेशनल ‘ट्रमा’ कसरी कोभिडसँग जुधिरहेको छ ?

हामिले कोभिड व्यवस्थापनतर्फ धेरै नै मेहेनेत गरेका छौं जस्तो लाग्छ । कोभिडको लागि चाहिने आइसोलेसन वार्ड बनाएका छौं । कोभिड भएको बिरामी लाई यहाँ अन्य बिरामी सरह नै उपचार र सेवामा कमि गरेका छैनौं । कोही बिरामीलाई अपरेसन गर्नु परे उसलाई सुरुमा नै पिसिआर गराएर उपचार गराउछौं । अत्यावश्यक भए त्यही अनुसार उपचारको ब्यवस्था गरेका छौं । स्वास्थ्यकर्मीहरु पनि त्यही अनुसारको मापदण्ड अपनाएर उपचारमा खटिन्छन् ।

स्वस्थ्य कर्मीको हौसला कस्तो पाउनुभएको छ ?

स्वस्थ्य कर्मीलाई सरकारबाट केही प्रोत्साहन गर्ने खालको कार्यक्रम आएको देखिन्न । फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई मास्क, पञ्जाजस्ता स्वस्थ्य सामग्रीको कमी भएको छ । त्यसले गर्दा सम्बन्धित अस्पतालले स्वस्थ्य सामग्री अन्तैबाट महँगोमा ल्याउन बाध्य भएका छन् । अस्पतालमा कोरोना संक्रमणको बेला बेड नपाएर कोरोना बिरामी अन्य अस्पतालमा ब्यवस्थापन गर्न पनि असहज भयो । यसले स्वास्थ्यकर्मीको मनोबलमा केही कमी गराएको हो, तर यसका लागि सरकारले जती ध्यान दिनुपथ्र्यो त्यति दिएजस्तो लाग्दैन ।

यो कोरोना महामारीमा स्वस्थ्य क्षेत्रका कुन कुन पुर्वधारहरु सुधार्नु पर्ने आवश्यकता देखियो ?

यो महामारीमा पुर्वधारहरु मापदण्ड पुगेको हुनुपर्छ । अलि ठुलै समस्याका बिरामीलाई उपचार गर्नलाई प्रत्येक नगरपालिका या प्रदेशमा सुविधा सम्पन्न अस्पताल हुनु अनिवार्य छ । गम्भीर खालका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्न समस्या हुन्छ । अस्पतालमा भएका कर्मचारीलाई तालिम दिनु आवश्यक देखिन्छ । मापदण्ड पु¥याएको छ कि नाई सरकाले अनुगमन गर्नुपर्दछ ।

तिनाउ इण्टरनेशनल अस्पतालले के कस्तो सेवा सुबिधा दिएको छ ?

उच्चस्तरीय प्रविधी सहित हाम्रो हस्पिटलले कम शुल्कमा उपचार गराइरहेको छ। कोभिड नभएका बिरामीलाई काउन्सिल गरेर घर पठाउने काम गरेका छौं भने कोभिड भएका बिरामिलाई अन्य अस्पतालसँग सहकार्य गरि उपचार गर्ने गर्दछौं । हातजोर्नी र स्पाइनलका बिरामि लगायतलाई केन्द्रमा नपठाउने गरि उपचारको यहीँ व्यवस्था छ । पित्तको थैलिमा लेजर थेरापी, चिरफार नगरिकन गर्ने उपकरण, नाककान घाँटी, म्याक्सेफिसियल, महिला तथा प्रसुती लगायत मोफसलमा रहेर उच्चस्तरको सेवा दिएका छौं । स्पाइनल इन्जुरीको उपचारका लागि यो संस्था यस क्षेत्रमा नै निकै मानिएको छ । त्यतीमात्रै होइन, अहिलेसम्म जतिको उपचार गरेका छौं ती सबै सफल उपचार भएका छन् ।

सेवाहरु जनमुखी छन् कि छैन ? अनि ती सेवाहरु निजि अस्पतालमा उपचार शुल्क अलि महँगो हुने गरेको जनगुनासो छ नि ? के भन्नुहुन्छ।

उच्चस्तरीय सेवाहरु केही महँगो हुन्छ । हाम्रोमा युएसएफडी अप्रुटको २५ हजार रुपैयाँ पर्ने रड निशुल्क उपलब्ध गराएका छौं । समाजमा रहेका पिछडिएका, गरिब र असहायको लागि त्यो खालको ब्यवस्था गरेका हौं ।
हामीले स्पाइन इन्जिनको बिरामीलाई यहीँ उपचार गरिरहँदा उनिहरु काठमाडौं भारत लगायतका ठाउँमा जाँदा महँगो हुन आउँछ तर ती सेवाहरु यहीँ दिंदा त्यो खर्च त व्यवस्थापन हुने भयो नी होइन र ! त्यसबाहेक अमेरिकाका विभिन्न अस्पतालसँगको सहकार्यमा निःशुल्करुपमा उपचार गर्ने बाताबरण सिर्जना गरेक छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

विषेशज्ञ सेवाको लागि कतै पनि जान पर्दैन । हाडजोर्नी, ट्रमा , स्पाइनल इन्युरी , पित्त थैलि आदिको चिरफारै नगरिकन यहाँ उपचार गरिन्छ । ती सेवा दिइरहँदा हामिलाई सुझाव दिनुहोस् किनभने सबैकुरामा सक्षम कोही पनि हुदैंन । आगामी दिनमा अझ अगाडि बढ्नको लागि सहज हुनेछ ।

 
 
  
 

You may also like