पत्रकार महासंघलाई स्वस्थ्य किट

by समतल अनलाइन

बुटवल । राष्ट्रिय कार्यमा युवा समिति (युथ क्यान) ले नेपाल पत्रकार महासंघ रुपन्देही शाखालाई स्वस्थ कीट बितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच महासंघका उपाध्यक्ष निरु गौतम, सचिव आरपि आचार्य, कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, सहसचिव बिनोद परियारलाई युएनडिपिका लुम्बिनी प्रदेशका सुदिप अर्यालले ४० थान कीट हस्तान्तरण गरेका हुन।
कोभिड १९ महामारीका बेला ट्राफिक प्रहरी, बुटवल उपमहानगरअन्तरगत फ्रन्टलाईन प्रहरी अधिकारी, फोहोर ब्यवस्थापनमा खटिएका कर्मचारीलाई समेत कीट बितरण गर्दै आएको उनले बताए । ११ अौ चरणमा पत्रकारलाई वितरण गरिएको हो ।
युएनडिपीका सुदिप अर्यालले युएनडिपि विभिन्न स्थानिय संघसंस्थाहरुसंग सहकार्य गर्दै आएको भन्दै कोभिड १९ का बेला पत्रकारहरुसंग सहकार्य गर्न आफू तयार रहेको बताए।
महासंघका उपाध्यक्ष निरु गौतमले विभिन्न संघसंस्थाहरुको सहकार्यमा गरिएको सहयोग सामग्रीहरु फिल्डमा खटिएका पत्रकारहरुलाई वितरण गरिने बताए ।
युथ क्यानका संस्थापक अध्यक्ष रामु पाण्डेले आगामी दिनहरुमा थप सहकार्य अघि बढ्ने बताए ।

 
 
  
 

You may also like