बिबिसी विश्वका प्रभावशाली महिला सुचिमा पर्न सफल सपनालाई गोर्खाली युवाले गर्यो बुटवलमा सम्मान

by समतल अनलाइन

बुटवल । बिबिसी विश्वका प्रभावशाली सय महिलाको सूचीमा  पर्न सफल नेपाली चेली सपना रोका मगरलाई बुधबार बुटवलमा सम्मान गरिएको छ । गोर्खाली युवा स–शक्तिकरण संस्थाले एक कार्यक्रमको आयोजना गरि सपनालाई सम्मान गरेको हो ।

पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी सपनालाई बीबीसीले विश्वका प्रभावशाली महिलाको सुचीमा राखेको थियोे । बुटवलको चौराहा चोकबाट मोटरसाईकल र्यालीसहित एक कार्यक्रमको आयोजना गरि एक उहालाई प्रशंसा पत्र,खादा तथा मायाको चिनोले सम्मान गरिएको हो । लुम्बिनी प्रदेशका बन , बतावरण तथा पर्यटन मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा  कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले युवाहरुलाई राजनीतिक दलले गलत प्रयोग गर्न सक्ने भएकाले सचेत बन्नको लागि आग्रह गर्नुभयो । देशमा युवा पंक्तिको नेतृत्वको आवश्यकता रहेको उँहाले बताउँदै युवाहरु सामाजिक कामसँगै राजनीतिमा पनि चासो राख्नुपर्नेमा जोड दिए ।

बीबीसीले आफूहरुको आँखा खोलिदिएको भन्दै उनले सपनाले विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा प्रसंशा समेत ब्यक्त गरे । सपना सबैको लागि सकारात्मक प्रेरणाकाश्रोत बनेको उहाले दाबी गरे ।

कार्यक्रममा बोल्दै सम्मानित सपना रोका मगरले युवालाई समाजसेवामा लाग्नको आग्रह गरिन । ‘जीवनमा हरेक मानिसको बिगत हुन्छ,दुख सुख हुन्छ तर लडेर म उठेकै कारण यहाँसम्म आउन सकेँ’ -सपनाको भनाइ छ ।

अध्यक्ष भरत पुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी नरिश्वर पौडेल,अभियान्ताहरु मुक्तिराज पौडेल,हरी क्षेत्री,समुन्द्र जिसी,भरतजं‌ग क्षेत्री,केशब खनाल,अर्जुन खरेल लगायतले बोलेका थिए  ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाइ तथा गोर्खालीका संस्थापकहरुलाइ सम्मान गरिएको अध्यक्षा भरत पुरीले बताए ।

 
 
  
 

You may also like