भारतमा थप ३६ हजार जनामा संक्रमण

by समतल अनलाइन

काठमाडौँ।भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३६ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९० लाख ९९ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २१६ पुगेको छ ।

 
 
  
 

You may also like