नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय १५ पुगेको छ ।नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
आज नेपालमा थप १९४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १९४६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ८ हजार २९९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ सय ३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ७० हजार ६३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१.९रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७५३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १५ लाख ९३ हजार ८५० पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा १०५७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३७०२२ जना रहेका छन् ।त्यस्तै आइसियुमा ३७६ जना रहेका छन् भने भेन्टिलेटरमा ७४ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।