गाैतमबुद्ध अन्तराष्टिय रङ्गशालाको डिपिआर तयार

by समतल अनलाइन

प्रदिप ज्ञवाली 
सैनामैना । गाैतम बुद्धको जन्मभुमि लुम्बिनीबाट १६ किलोमिटरको दुरिमा सैनामैना नगरपालिका सात स्थित लम्टैयामा नगरपालिकाको बिशेष सकृयतामा अन्तराष्टिय कृकेट रङगशाला बन्न लागिरहेको छ । खेलकुद क्षेत्रको हवको रुपमा सैनामैना नगरपालिका बिकसित भइरहेको छ ।नेपाल कै ठुलो बन्न लागेको यस रङ्गशालालाई अन्तराष्टिय स्तरको कृकेट रङ्गशालाको रुपमा बिकास गर्नका निमित्त आज एक कार्यक्रमका बिच रङ्गशालाको बृहत योजना डि पी आर तयार पारिएको हो । तयार पारिएको डि पि आर आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।
सोही अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देही निर्वाचन क्षेत्र नं पाचका प्रदेश सांसद एवम् लुम्बिनी प्रदेश नेकपाका सङ्गठन बिभाग प्रमुख भुमिश्वर ढकालले यश रङ्गशालालाइ नेपालकै एक नम्बरको रुपमा बिकास गरिने बताउनु भएको छ । यस क्षेत्रको गहना प्रोजेक्टको रुपमा स्थानीय , प्रदेश र केन्द्रीय सरकारले अझ चासो दिएर यसलाइ छिटै पूरा गरिने बताउनु भएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्किले रङ्गशालाको गुरुयोजनामा टेकेर अहिले फिल्ड कटिङको काम अगाडि बढाइएको जानकारी दिदै यसलाइ राष्ट्रिय गाैरवको आयोजनामा समावेश गरि लैजानु पर्ने उहाको धारणा थियो । जसरी पनि यस प्रोजेक्टलाइ सफल बनाइने बिश्वास मेयर कार्कीले गराउनु भएको थियो ।
डिपिआर बनाएका इन्जिनियर सुनिल लम्साल लगायतको टिमले कार्यक्रममा डिपिआरको पुर्णपाठ बारे प्रकाश पार्दै स्टेडियम अन्तराष्टिय स्तरको सम्पुर्ण सुबिधाले सम्पन्न बन्ने बताउदेै डिपिआर अनुरुपको योजना बारे प्रष्ट पार्नुभएको थियो । डिपिआर पारित भइ नसकेको भन्दै जो कोहिबाट आएका राम्रो सुझाव र योजनामा थपघट गर्नुपर्ने कुरा गरुलाइ मनन गर्दै अघि बढिने बताउनु भयो ।
डिपिआर बारे कार्यक्रममा उपस्थित मध्येका केहि ब्यक्तिले जिज्ञासा एवम् सुझाव राख्नु भएको थियो ।

डिपिआर अनुरुपको कार्यहरु पूरा गर्नका लागि दुई अर्व बिसलाख भन्दा बढिको बजेट आवश्यक पर्ने इन्जिनियर सुनिल लम्सालले बताउनु भयो । रङ्गशालाले गाैतम बुद्ध एवम लुम्बिनीको झल्को दिनेछ ।
डिपिआर सार्वजनिक कार्यक्रम रङ्गशाला उपभोक्ता समितिका अध्यक्ष किशोर रानाको अध्यक्षता, लुम्बिनी प्रदेशका सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की एवम उपप्रमुख बिना रानाको को विशिष्ट आतिथ्यता, एघार अोटै वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, खेलप्रेमि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार , सुरक्षाकर्मी लगायतको उपस्थिति थियो । कार्यक्रम उपभोक्ता उपसमितिका कोसाध्यक्ष रोमनाथ न्याैपानेको स्वागत तथा सचिप कृष्ण ज्ञवालिको सञ्चालनमा सैनमैना वाटर वल्र्ड रिसोर्टमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like