क्वालालम्पुर ( मलेसिया ):= अवैधानिक रुपमा बस्ने विदेशी श्रमिकको समस्या विगत लामो समययता खेपिरहेको मलेसिया सरकार त्यसरी बस्नेहरु प्रति आक्रामक देखिएको छ । पछिल्लो समयमा आफ्नै नागरिकलाई रोजगारीमा प्राथमिकतामा राखेको मलेसियाले कोरोना भाइरस (कोभिड–१९) को समस्या सुरु भएयता मात्र अवैधानिक रुपमा बस्दै आएका ३१ हजार भन्दा बढीलाई पक्राउ गरी स्वदेश फर्काएको छ।
मलेसियाका वरिष्ठ-रक्षामन्त्री ईश्माइल साब्री याकोबका अनुसार गत नोभेम्वर ५ तारिख सम्ममा स्वदेश फर्काइनेहरुको संख्या ३१ हजार २ सय ८२ रहेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यसरी स्वदेश फर्काइएकाहरु मधये ३ सय ९७ जना नेपाली रहेका छन् । स्वदेश फर्काइएकाहरुमा सवैभन्दा ठूलो संख्या ईण्डोनेशियाली नागरिकको रहेको छ । ईण्डोनेशियाका १४ हजार ७२ जना स्वदेश फर्काइएका हुन्।
यसैगरी बंगलादेशका ४ हजार ५ सय ५१ जना रहेका छन् भनें त्यसपछि म्यानमार, थाईल्याण्ड, भारत, चीन, पाकिस्तान र भियतनामका नागरिक रहेका छन् । कागजातविहिन ति श्रमिकलाई पक्राउ गर्न विभिन्न सुरक्षा निकाय परिचालन भएको मन्त्री याकोबले बताएका