कोरोनाबाट आज थप १८ सहित मृतकको संख्या ११२६ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप २५७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २५७१ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ९७ हजार २४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७९८ सय जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ५९ हजार ७२४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१ रहेको मन्त्रालयले जनाएको छ

 
 
  
 

You may also like