थप २५७१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३६ हजार १७४

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २५७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २५७१ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ९७ हजार २४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७९८ सय जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ५९ हजार ७२४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १७७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १५ लाख ५५ हजार २५४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३५ हजार ४११ जना रहेका छन् ।

त्यस्तै आइसियुमा ४११ जना रहेका छन् भने भेन्टिलेटरमा ८३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।

ad
सम्बन्धित समाचार
काठमाडौँ उपत्यकामा आज

 
 
  
 

You may also like