कोरोनाबाट आज थप १७ सहित मृतकको संख्या ९ सय नाघ्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप २३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २३ सय ६४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ६४ हजार ७१८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

 
 
  
 

You may also like