थप २३ सय ६४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३८ हजार ९५२

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २३ सय ६४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ६४ हजार ७१८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख २४ हजार ८२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७५.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ७६९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख १९ हजार ६४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ६८९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३८ हजार ९५२ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३०४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

 
 
  
 

You may also like