मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

by समतल अनलाइन

मेक्सिको सिटी । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताए ।

मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ

 
 
  
 

You may also like