बंगाल खाडीको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा, दशैंमा पानी पर्ला ?

by समतल अनलाइन

काठमाडौं । मनसुन बाहिरएपछि केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालदेश आसपास न्यून चापीय क्षेत्र छ ।

यस्तो छ आगामी तीन दिनसम्मको मौसम अनुमान
कार्तिक ८ गते (शनिबार)
दिउँसो– प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति–प्रदेश–१ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कार्तिक ९ गते (आइतबार)

दिउँसो – प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति– प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक १० गते (सोमबार)

दिउँसो–प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति– देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 
 
  
 

You may also like