डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई नै कोरोना भाइरस संक्रमण भएको छ ।

डा. भट्टराईले आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी हिसिला यमी दुवै जनालाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

ट्वीटरमा लेख्दै उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा रहने जानकारी गराएका छन् । उनले केही समययता आफूहरुको सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 
 
  
 

You may also like