कोरोना अस्पतालमा तिलोत्तमाका ७५ वर्षीय संक्रमित वृद्धको मृत्युु

by समतल अनलाइन

बुटवल।बुटवल उपचाररत तिलोत्तमामा एक जना पुरुषको मृत्यु भएको छ ।
कार्तिक ५ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका ७५ वर्षिय पुरुषको आज बिहान ७ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका तिलोत्तमा ७ का उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो ।रुपन्देहीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।

 
 
  
 

You may also like