भारतमा ७६ लाखभन्दा बढीमा संक्रमण, ६७ लाखभन्दा बढी निको

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । ७ लाख ४० हजार ६५८ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९५० पुगेको छ ।

 
 
  
 

You may also like