काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार एक शिक्षकको टाउको अलग गरि हत्या गरिएको छ । अज्ञात मानिसले शिक्षकको टाउको अलग गरेर हत्या गरेको विविसीले उल्लेख गरेको छ ।
प्रहरीले हमला गर्नेलाई पक्राउ गर्ने प्रयास गरेपनि गोली हानेर मारेको छ ।मिडिया रिपोर्टका अनुसार शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रेन्च पत्रिका शार्ली एब्दोमा छापिएको पेगम्बर मोहमदको विवादस्पद कार्टुन देखाएका थिए ।हमला स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजे भएको बताइएको छ ।
फ्रान्स सरकारले यसलाई आतंकवादी हमला भनेको छ । फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्ल्याकरले एक शिक्षकलाई मार्नु सिधै फ्रान्समाथिको आक्रमण भएको बताएका छन् ।
हमला गर्ने व्यक्तिले ठुलो चक्कु लिएर शिक्षकलाई हमला गरेको र टाउको अलग गरिदिएको बताइएको छ । स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई आत्मसमर्पण गर्न चेतावनी दिएपनि नमानेपछि गोली हानेर मारेको थियो ।
मारिएका शिक्षक इतिहास र भूगोल पढाउने शिक्षक भएको बताइएको छ ।