साईक्लिष्टको प्रभुमा बिमा

by समतल अनलाइन

बुटवल ।रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्यहरुको प्रभु इन्स्योरेन्स लिमिटेडमा सामुहिक दुर्घटना बिमा गरिएको छ । शुक्रबार एक समारोहका बिच संघका अध्यक्ष पुकार थापा र इन्स्योरेन्सका शाखा प्रमुख रोहिणी श्रेष्ठका बिच पहिलो चरणमा ५० जना साईक्लिष्टको सम्झौता गरिएको हो ।

संघका अध्यक्ष पुकार थापाले साईकलमैत्री सडक नहुदा दुर्घटनाको सम्भावना बढि हुदा पहिलो चरणमा ५० जनाको बिमा गरिएको बताए । साहसिक खेलकुदको महत्वपुर्ण पाटो हुदा यसको विकासमा संस्थागत रुपमा लागेको उनले बताए । जिल्लाको साधारण सभासंगै सदस्यता खुल्ला र सामुहिक दुर्घटना बिमा गरिएको अध्यक्ष थापाले बताए ।

बिमाङ रकम २ लाख रहेको बिमाको पोलिसि अनुसार जोखिम रकम उपलब्ध हुने उनले बताए । लकडाउनको समयमा साईकल क्रेज र साईक्लिष्टहरुको संख्या बढेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष धिरन तुलाधरले साईकलमैत्री पुर्वाधार र विकासमा संस्थागत रुपमा लागेको बताए

 
 
  
 

You may also like