बुटवलमा आइसीयू नपाएपछि दाङ लैजादैं गर्दा कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलमा आईसीयू बेड नपाएर एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको अस्थायी कारोना अस्पतालमा बेड नपाएपछी दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा अर्घाखाँचीका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

अर्घाखाँचीको भुमिकास्थान–९ का ७३ वर्षिय पुरुषको दाङ लैजाने क्रममा विहीबार बिहान पौने आठबजे बाटोमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका ति पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा गत मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछी उनलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो । अन्ततः उनको बुटवलमा आईसीयू बेड नपाएका कारण मृत्यु भएको छ ।

ति पुरुषको स्वास्थ्यमा गयराती थप समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।

 
 
  
 

You may also like