विश्वभर एकै दिन ३ लाख ८१ हजारमा संक्रमण, ६ हजारको मृत्यु

by समतल अनलाइन

काठमाडौं । विश्वभर ३ करोड ८७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ४६६ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख २३ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८३ जनाको मृत्यु भएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८७६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८१ लाख ५० हजार पुगेको छ ।दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख ५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ४१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३४ हजार जनाको मृत्यु भएको छ । ६४ लाख ३ हजार ८१९ जना संक्रमित भएकोमा ३० लाख ९५ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

 
 
  
 

You may also like