भारतमा थपिए ५४ हजार कोरोना संक्रमित

by समतल अनलाइन

काठमाडौं।भारतमा थप ५४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५४ हजार २६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ३८ हजार ८७९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like