कोरोनाबाट भारतमा हालसम्म एक लाखको मृत्यु, एकै दिन ८१ हजार जना संक्रमित

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै एक लाख पुगेको छ ।अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा यो खबर तयार पार्दासम्म ९९ हजार ८ सय ४ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यहाँ गएको २४ घण्टामा एक हजार ९६ जनाको ज्यान गएको छ । यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वर्ल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ । यस्तै ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ४४ हजारले ज्यान गुमाएका छन् ।

 

 
 
  
 

You may also like