इन्सेकद्वारा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल । इन्सेक रुपन्देहीले बुटवल उपमहानगरपालिकाको शिक्षाको अवस्था बारे अन्तक्र्रिया गरेको छ ।

स्थानीय समुदायलाइ शिक्षाप्रति सचेत गर्दै सरोकारवाला निकायलाइ जवाफदेहि बनाउने पहल कार्यक्रम अन्तरगत स्तरिय शिक्षाको अधिकारका बिषयमा अन्तक्र्रिया गरेको हो । उपमहानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत बिद्यालयसंगै, अभिभावक, बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका कार्यबाहक अध्यक्ष तथा नगर प्रवक्ता रामप्रसाद रेग्मीले कोभिड १९ ले शिक्षा क्षेत्र नराम्ररी प्रभावित बनेको बताउनुभयो । उहांले स्वास्थ्य मापदण्ड अपनाउदै बिद्यालयहरु संचालन गर्नुको बिकल्प नरहेको बतानुभयो । रेग्मीले उपमहानगरपालिकाले नयां मापदण्डका साथ बिद्यालय संचालन गर्ने तयारीमा रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले तत्काल बिद्यालयहरु संचालन गरि शिक्षण कार्य अगाडी बढाउने तयारीमा रहेको बताउनु भयो ।

कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत कमला चुंदाली, नेकपा जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी इन्चार्ज राजेन्द्र ढकाल, नविन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, एम्स कलेजका प्रमुख दिपक ढकाल, साधना महिला बिद्यालयका प्रधानाध्यापक बिष्णु गौतम, नगर शिक्षा समिति सदस्य तथा नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, लुम्वीनि बोर्डिङ स्कुलका प्रधानाध्यापक लालहरी पाण्डे, कुलानन्द पाण्डे, साजन भण्डारी लगायतले अब सावधानी अपनाउंदै बिद्यालय संचालन गर्नुको विकल्प नभएको बताउनुभयो । मानवअधिकार निगरानी समुह बुटवलका अध्यक्ष कमला भण्डारी ज्ञवालीको अध्यक्षता तथा इन्सेक सहजकर्ता बिष्णु घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like