रुपन्देहीमा बिहिबार थपिए ९१ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल।रुपन्देहीमा थप ९१ जना कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहिबार ९१ जना गरि जिल्लामा संक्रमितको संख्या दुइ हजार ७ सय २ पुगेको छ।

स्वास्थ्य कार्यालयका  अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका २१ महिला ३३ पुरुष गरी ५४ जनामा थप संक्रमण देखिएको छ।

त्यसै गरि  सिद्धार्थनगरमा ८ जना, तिलोत्तमामा १६ जना, शुद्धोधनमा ५ जना, सैनामैनामा ४ जना, सियारीमा २ जना मायादेवी र रोहिणीमा थप १÷१ जनामा संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार हालसम्म संक्रमण भएकामध्ये २५ जनाको मृत्यु भएको छ।

जिल्लाका विभिन्न क्षेत्रबाट १९४७ जना निको भएर फर्किसकेका छन् भने ७३० जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like