सैनामैना जेसीजमा लाग्यो ताला

by समतल अनलाइन

सैनामैना। सैनामैनामा रहेको सैनामैना जेसीजमा आज ताला लागाईएको छ । सदस्यता शुल्क लिएर पनि सदस्यता नबिकरण नगरेको जनाउदै प्रेश बिज्ञप्ती जारी गर्दैै एक पक्षद्वारा सैनामैना ३ झारबैरामा रहेको जेसीज कार्यालयमा ताला लगाईएको छ ।
बिज्ञप्तीमा सैनामैना जेसीज को बोर्ड बैठकले सदस्यता नबिकरण गर्ने सुचना जारी गरे अनुसार नै शुल्क कोषाध्यक्षलाई रकम बुझाईएको तर राजनीतिक पुर्वाग्रह राखी नविकरण नगरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पबित्र उदेश्य लिएर स्थापना भएको संस्थामा राजनीतिक पुर्वाग्रह राखी नविकरण नगरिनु जेसी आस्था बिपरीत कार्य भएकोले यस्तो कार्यको गम्भीर आपति जनाउदै घोर भत्र्सना गर्दछौ बिज्ञप्तीमा भनिएको छ
सैनामैना जेसीजमा समय समयमा बिवाद उत्पन्न हुदै आएको छ । चौथो साधारण सभा तथा अधिबेशनको नेतृत्वको बिषयमा कुरा नमिल्दा बिवाद चुलिएको थियो ।

 
 
  
 

You may also like