अगरवत्ती तालिम सम्पन्न

by समतल अनलाइन

बुटवल।घरमै बसेर समय खेर गैरहेका वेला बुटवल ११ देविनगरका महिलाहरुलाई उद्यमी बनाउन भन्दै अगरवत्ती तालिम गरिएको छ ।चौपारी टोल विकास समितिको आयोजना तथा नागरिक स्वरोजगार केन्द्रको सहयोगमा तालिम प्रदान गरिएको हो ।स्थानिय १८ जना महिलाहरुलाई पहिलो चरणमा तालिम दिईएको हो । केहि समय पछि चुरा बनाउने तालिम समेत संचालन गरिने चौपारी टोल विकास संस्थाका अध्यक्ष राजु गुरुङले बताउनु भयो । उहांका अनुशार तालिम लिनका लागि धेरै महिलाहरुको माग भएपनि कोराना महामारीका कारण सामाजिक दुरी बनाउन चरण चरणमा गरिने छ ।प्रयोगात्मक ढंगले चलाईएको तालिममा धेरै महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने बताएका छन् ।प्रशिक्षक द्धय सिन्दु भण्डारी, जेनिसा भुषालले अगरवत्ती घरमै बसेर पनि बनाउन सकिने भएकोले आत्मनिर्भरताका लागि काम गर्न आग्रह गर्नु भयो । तालिक समापनका अवसरमा अध्यक्ष राजु गुरुङ, समितिका सल्लाहकार द्धय अर्जुन वहादुर कुवंर मिना कार्की सचिव नारायण रायमाझी लगायतले बोल्दै आत्मनिर्भरताका लागि यस्ता तालिम आवश्यक रहेको बताएका थिए । सो अवसरमा सहभागिहरुले उत्पादन गरेको बस्तु बजारसम्म लैजाने वातावरण बनाईदिन पनि आग्रह गरेका थिए ।

 
 
  
 

You may also like