भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

by समतल अनलाइन

काठमाडौं ।भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ ।पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९० हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बुधबार ८० हजार ३९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like