कोरोनालाई नजित्दै चीनमा अर्को रोगको प्रकोप, हजारौं बिरामी

by समतल अनलाइन

काठमाडौं । संसारलाई आक्रान्त बनाएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गरी नसक्दै चीनमा फेरि अर्को संक्रमणबाट हजारौं मानिस बिरामी परिरहेका छन् ।कोरोना (कोभिड–१९) भाइरस चीनको ऊहानबाट संसारभरी फैलिएको थियो । अहिले फेरि चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट पीडित भएका छन् ।

यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको छ र ठूलो संख्यामा मानिसहरुलाई पीडित बनाइरहेको छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गेन्यू प्रान्टको सेन्टर फर डिजिज कन्ट्रोल विभागलाई उद्धृत गर्दै यो ब्याक्टेरियाका कारण करिब ३ हजार २४५ जना संक्रमित भएको जानकारी दिएको छ ।

गत सोमबार २१ हजार व्यक्तिको परीक्षण गरिएको थियो जसमा शुरुवाती रुपमा ४ हजार ६४६ व्यक्ति पोजेटिभ देखिएका थिए । यद्यपि, यो संख्या अझै धेरै हुनसक्छ र हाल यो फैलने हो कि भनेर प्रशासन र सर्वसाधारण चिन्तामा छन् । पत्रिकाको रिपोर्ट अनुसार ११ सरकारी संस्थालाई निःशुल्क परीक्षण र उपचारका लागि अस्पतालको दर्ता दिइएको छ ।

के हो ब्रुसेलोसिस र यो कसरी फैलन्छ ?
ब्रुसेलोसिस एक ब्याक्टेरियाले निम्त्याउने रोग हो जुन विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमित गराउँछ । मानिसहरु संक्रमित जनावरको सम्पर्कमा आए उनीहरु पनि संक्रमित हुने सम्भावना छ ।

यस्तै संक्रमित पशु उत्पादन खाँदा वा हावामा भएको ब्याक्टेरिया सास फेर्दा मानिससम्म पुग्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग संक्रमित जनावर बिना नै पश्चरीकृत दूध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ । मानिस–मानिसबीच संक्रमण फैलने सम्भावना निकै कम छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको छ । यसको उपचार सम्भव छ । औषधिको सिलसिला एक–डेढ महिनासम्म चल्न सक्छ ।

के हो यसको लक्षण ?

रोगको लक्षण देखिन एक हप्तादेखि २ महिना लाग्नसक्छ । तर धेरैजसो २ देखि ४ हप्ताको बीचमा देखिन्छ ।

ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुखाई हुनु यो रोगको मुख्य लक्षण हो ।

कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ । जस्तै कि पटक–पटक ज्वरो आउनु, जोर्नी दुख्नु, अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु, थकान, डिप्रेसन आदि ।

थुप्रै पटक लक्षण निकै हल्का हुन्छन् ।

चीनमा यो कसरी शुरु भयो ?

यो ब्याक्टेरिया गत वर्ष जुलाई–अगस्टमा एक फ्याक्टिमा भएको चुहावट पछि फैलिएको थियो । यो ब्याक्टेरियाको उपचारका लागि बन्ने ब्रुससिला भ्याक्सिनको उत्पादनमा एक्सपाइर भइसकेका किटाणु नाषकको प्रयोग गरिएको थियो जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो । त्यसपछि यो हावामार्फत् मानिसहरुमा संक्रमण फैलियो र यो रोगको शुरुवात भयो ।

के कारवाही गरियो ?
न्यूज एजेन्सी एनएनआईले लानजोउ हेल्थ कमिसनलाई उद्धृत गर्दै यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्यूनिसिपल अधिकारीले फ्याक्ट्रिको चुहावटका लागि अनुसन्धान शुरु गरे । जनवरीसम्म यो कारखानाको भ्याक्सिन उत्पादनको लाइसेन्स रद्द गरियो ।

कारखानामा कूल सात जनावरको औषधिको अप्रुभल नम्बर रद्द गरियो । एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रुपमा माफी माग्यो र आफूले यो मामिलामा जिम्मेवार आठ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो । एजेन्सी

 

 
 
  
 

You may also like