नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु ,कुल मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ७ जना महिला र ४ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा ललितपुरका दुई जना ७६ बर्षिय र ६८ बर्ह्सिय महिला रहेका छन् भने काठमाडौँकी ७७ बर्षिय, मकवानपुरकी ३७ बर्षिय, मोरङकी ६५ बर्षिय, रौतहटकी ५१ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ६० बर्षिय, काठमाडौँका ७५ बर्षिय पुरुष, रुपन्देहीका ६९ बर्षिय र बाँकेका ४५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

 
 
  
 

You may also like