कोरोनाबाट भारतमा ३८२ स्वास्थ्यकर्मीको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको उपचारमा खट्दा आफै संक्रमित भएर ३८२ स्वास्थ्यकर्मीको ज्यान गएको छ ।इन्डियन मेडिकल एसोसिएसन (आईएमए) को बुधबारसम्मको तथ्यांकअनुसार ३८२ स्वास्थ्यकर्मीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

ज्यान गुमाउनेमा २७ वर्षदेखि ८५ वर्षसम्मका स्वास्थ्यकर्मी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तथ्यांकअनुसार २ हजार २३८ चिकित्सक कोरोना भाइरस संक्रमित भएका छन् ।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म भारतमा ५० लाख २० हजार बढी मानिस संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये ८२ हजार ६६ को ज्यान गइसकेको छ । त्यस्तै ३९ लाख ४२ हजार बढी निको भएका छन् । एजेन्सी

 
 
  
 

You may also like