सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो

by समतल अनलाइन

काठमाडौँ।बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस दिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।

 
 
  
 

You may also like