अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं ।अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या मात्र दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ ।कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ सय ७४ जनाको कोरोनाको संक्रमणबाट निधन भइसकेको छ भने ३६ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् ।

केही दिनदेखि अमेरिकामा कोरोना संक्रमित र मृत्युदर पनि घट्दै गएकोमा पछिल्लो २४ घण्टामा १,१७४ जनाको निधन भएको छ। सोमबार ४८०, आइतबार ३९२ र शनिबार ७०७ जनाको मृत्यु भएको थियो ।

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३८ हजार ३८५ भन्दा बढी पुगिसकेको छ ।

 
 
  
 

You may also like