प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार १ सय २७ पुग्यो

by समतल अनलाइन

बुटवल। प्रदेश नम्बर ५ मा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार १ सय २७ पुगेको छ । यि मध्य २ सय ५४ जनामा बिभिन्न लक्ष्यणहरु देखिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या बढेको हो ।प्रदेश ५ सामाजिक बिकास मन्त्रालयले गर्ने नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार पछिल्लो २४ घण्टामा पुरुष ४८जना र महिला ३८ जना रहेका छन ।थपिएका मध्य कपिलबस्तुका ३ जना, दाङका ५ जना, बाँकेका २३जना र रुपन्देहीका १६जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमित संगै प्रदेश ५ मा ८ हजार ३ सय ४९ कोरोना संक्रमित पुगेका छन् ।

यस्तै प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना जितेर घर फर्किएका छन् । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ६ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।प्रदेश ५ मा हाल सम्म कोरोनाको कारणले ४९ जनाको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like