बुटवलमा थपिए ६५ जना कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल । बुटवलमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुटवल उपमहानगरपालिकामा सोमबार थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।बुटवल उपमहानगरपालिका वडा नं. १ र १४ मा १/१ जना, वडा नं. ३ र ९ मा ५/५ जना, वडा नं. ५ र ११ मा ८/८ जना, वडा नं. ८, १३ र १५ मा ४/४ जना, वडा नं. ७ मा १२ जना, वडा नं. १० मा १३ जना कोरोना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

उपमहानगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्याको ५८२ पुगेको र जसमध्ये ३०१ जना सक्रिय संक्रमितहरु रहेको सिंहले बताए ।
बुटवलमा २८१ जना उपचारपछि निको भईसकेका छन् ।

 
 
  
 

You may also like