खानेपानीको हाहाकार, सरसफाई त परैको कुरा शौच गर्न समेत समस्या

by समतल अनलाइन

हरि पाठक
बाग्लुङ ।धारा त छ तर पानी बिनाको बर्सौ बितिसक्दा समेत खानेपानीको समस्या भने जस्ताको तस्तै छ बडिगाड गाउँपालिका-८ साबिकको रणसिंह किटेनी-४ नेटाखर्क बाग्लुङमा।आकाशबाट लामोसमयदेखि वर्षा भइरहेपनि आकाशको पानी गाइबस्तुलाई भए पनि खाना पकाउन र पिउनको लागि त्यति राम्रो नहुनेभए पनि धाराको बिकल्प खोज्दै थाकेपछि बाध्यतामा आकाशे पानीको प्रतिक्षामा बस्नु परेको स्थानीयहरूले गुनासो गरेका छन् ।उक्त ५०/६० घरधुरी भएको रणसिंह किटेनी-४ नेटाखर्क भन्ने गाउँमा पानीका मुहानका स्रोतहरू नजिकै नभएकोले पानीको मुहान खोज्न बस्ति भन्दा तल घण्टौ समय लगाएर जानुपर्ने बाध्यता अझै पनि परेको छ ।त्यस्तै यही समस्यालाई निराकरण गर्न भन्दै ३/४ बर्ष अगाडिदेखि सौर्यउर्जा खानेपानी लिफ्टीङ खानेपानी निर्माण पनि भयो र सोही आयोजनाद्धारा खानेपनीको वितरण भएता पनि बर्षादको समयमा पहिरो जाने, समयमा सोलार प्यानेलमा घाम नलाग्ने र हिउँद र गर्मी यामको समयमा पानीका स्रोत सुक्ने हुँदा त्यस क्षेत्रका बासीन्दाले खानेपानीको चरम समस्या झेल्न परेको हो । स्थानीयकाअनुसार सहज रूपमा पानी आपुर्ति हुन नसकेको अन्य थुप्रै खानेपानी आयोजनाहरु पुरा नहुदै विचमै रोकिनु जस्ता कारणले यहाँका स्थानियहरूले आधारभुत आवश्कता पनि उपयोग गर्न नपाएको, बिहान,दिउसो बेलुकीको अधिकांश समय पानी बोकेर जाने गरेकोले अन्य आयआर्जन मुलक काममा पछि पर्नु परेको बताएका छन् ।

बर्षाको समयमा केही पानीका मुहानहरू पलाएको भए पनि दिर्घकालिन समयसम्म नरहनेभएकोले अन्तिम बिकल्प त नजिकैको धारा नै कुर्नुपर्ने हुन्छ तर घण्टौ समय लगाएर खानेपानी भर्नका लागि लाइनमा बस्नुपर्ने समय कुर्न मात्र हुन्छ धारा त छ तर खानेपानी १/२ गाग्री मात्र आउने गर्दथ्यो त्यही पनि आजभोलि त आउनै छाड्यो धेरै समस्या भोग्नु परेको रणसिंहकिटेनीका स्थानीयबासीले गुनासो गरेका हुन् ।

अहिलेको समय आकाशबाट पानी परेको भएर थोरै राहत मिल्यो तर अब आकाशको वर्षा रोकिने बित्तिकै न धारामा पानी हुने नजिकैका पधेरा पनि सुक्ने हुँदा पशुचौपायालाई खुवाउन,शौचालयमा प्रयोग गर्न,खाना पकाउने लगायत अत्यावश्यक कार्यमा पानी चाहिने तर पानी लिन लामो समय लगाएर लिन जानुपर्ने बाध्यता र दिनभरमा पधेरामा पुगेर थोपाथोपा गरेर भर्दा २/३ गाग्री पानी ल्याउन सकिने हुँदा समयमा नै बिद्यार्थीलाई समेत बिद्यालय पठाउन बिद्यालयमा पनि खानेपानी अभाब हुँदा बिद्यार्थीहरूलाई कठिन हुने र रोजगारमूलक,शिपमूलक तथा उद्धमशिलताका कार्यक्रमबाट समेत समयकै कारण पछि पर्नुपरेको स्थानीय शिक्षक हिरालाल सुनारले जानकारी दिए ।
उनले अहिले बिश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न नियमित सरसफाई समेत गर्नुपर्ने भनिएता पनि यस क्षेत्रका बासिन्दालाई सरसफाई गर्नुपर्छ भन्ने भावना भए पनि पानीकै मुख्य समस्या देखा परेको बताए ।

खानेपानीको अभाबमा ब्यबसायिक तरकारी खेती गर्न समेत नसकेको गुनासो छ ।यो समस्या अहिलेको नभई बर्षौसम्म बित्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । उता खानेपानीको चरम समस्यालाई मध्यनजर गर्न अर्को नयाँ लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरी एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने गरि खानेपानी योजनाको कार्यलाई अघि बढाइने नेटाखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगा राम सुनारले प्रतिबद्धता जनाए ।खानेपानी उपभोक्ता समितिका अनुसार यस क्षेत्रका स्थानीयको लामो समयदेखिको समस्यालाई माथिल्लो निकायबाट नै सम्बोधन हुनपर्ने देखिएकोले सम्बन्धित क्षेत्रमा पहल समितिले गरिरहेको र आमगाउँबासीलाई पनि यी योजनाका कार्यहरू समयमै अघि बढाउन सम्पन्न गर्न एक भएर लाग्नुपर्ने बताउदै आएको छ भने खानेपानीको समस्या बर्षौदेखि नै उस्तै समस्या भोग्नुपर्ने स्थानीयलाई बाध्यता छ ।

 
 
  
 

You may also like