डेँगु रोग नियन्त्रण गर्न सैनामैनाका स्वंयसेविका र सरोकारवालालाई अभिमुखीकरण

by समतल अनलाइन

सैनामैना । देशभरि नै डेँगुको संक्रमण बढ्दै गएको छ । सैनामैना नगरपालिका स्वास्थ्य शाखाले डेँगु रोग नियन्त्रण एवं रोकथाम गर्न सैनामैनाका स्वंयसेविकाहरु तथा सरोकारवाला निकायलाई एक दिने अभिमुखीकरण कार्यक्रम दिएको छ । अधिकाशं क्षेत्रमा लामखुट्टेको टोकाइबाट मानिसको ज्यान समेत गएको र डेँगुको संक्रमणबाट धेरै मानिस बिरामी भएको खवर सञ्चाँर माध्यममा आएको भन्दै सैनामैना नगरपालिकाले यो अभियानलाई अघि सारेको हो ।नगरपालिकाले मुर्गिया,कलौनी र सालझण्डी गरि ११ वटै वडाका स्वंयसेविका तथा सरोकारवाला निकायहरुलाई आज सो कार्यक्रम प्रदान गरेको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेँगु रोग भएको कारण यसबाट बच्न स्वंय नगरबासीले सर्तकता अपनाउनुपर्ने सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले बताउनुभयो ।उहाँले प्रत्येक घर,टोल,वडा तथा विभिन्न संघसस्थाहरुको संयुक्त सहभागितामा पानी जम्ने ठाँउ,खाल्टाखुल्टी,सवारी साधनका ट्यार जस्ता ठाउँहरुमा पानी जम्न नदिने र यस सम्बन्धी चेतना प्रत्येक नागरिकमा प्रवाह हुने गरि सुचना दिन आग्रह गर्नुभयो ।अवको केहि दिनमा डेँगु नियन्त्रण कार्यक्रम नगर भित्र संयुक्त वडागत कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख कार्कीको भनाइ रहेको छ ।

रुपन्देही जिल्ला स्वास्थ्य प्रमुख तथा कार्यक्रमका प्रमुख सहजकर्ता राजेन्द्र गिरिले देश नै डेँगुमय भएको दावि गर्नुभएको छ । डेँगुबाट बच्न र यस सम्बन्धी टोलटोलमा ब्यापक सचेतना फैलाउन आग्रह गर्नुभयो ।डेँगु विरुद्ध अभियान सञ्चालन गर्न नगरबासीको सक्रियता आवश्यक रहेको नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभएको छ ।आफनो टोललाई डेँगुरहीत बनाउन सरसफाईमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । नगरसभाको हलमा भएको कार्यक्रम वडा न।४का वडा अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षता,नगरप्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला स्वास्थ्य शाखा प्रमुख राजेन्द्र गिरिको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेकोे रहेको थियो ।

 
 
  
 

You may also like