म्यानमारको सामाजिक विकासमन्त्री सहितको टोलीद्धारा बुटवल उपमहानगरपालिकाको अबलोकन

by समतल अनलाइन

बुटवल । म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोलीले बुटवल उपमहानगरपालिकाको अबलोकन गरेका छन ।

नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको टोलिले अबलोकन गरेको हो । नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रमहरुबाट प्रभावित भएपछि त्यसको अनुसरण गर्न बुटवल आएको टोलिले बुधबार अबलोकन गरेको हो ।

सेवाग्राहीलाई वितरण गरिने सामाजिक सुरक्षा रकम, रकम पाउने प्रणाली र सेवाग्राहीको सन्तुष्टिका बारेमा जानकारी लिएको बुटवल उपमहानगरपालिकाका कार्यबहाक प्रमुख गुमादेवी आचार्यले जानकारी दिइन ।

म्यानमारको उक्त टोलीले बुटवल–५ को वडा कार्यालयमा पुगेर त्यसको सेवाप्रवाहका बारेमा जानकारी लिएको थियो । वडामा भएका कामका गतिविधिबारे म्यानमारको प्रतिनिधिको रुपमा आएको टोलले जानकारी गराएको वडाध्यक्ष तेजप्रसाद विकले बताएका छन् ।

 
 
  
 

You may also like