मुलुकका २१ राष्ट्रिय गौरवका आयोजनामध्ये निर्माण सकिनेमा भैरहवा बिमानस्थल पहिलाे : मन्त्री भट्टराई

by समतल अनलाइन

बुटवल। नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले मुलुकका २१ राष्ट्रिय गौरवका आयोजनामध्ये निर्माण सकिनेमा भैरहवा बिमानस्थल पहिलाे आयोजना हुने बताएका छन् ।

उनी बिशेष बिमान मार्फत बिमानस्थलको आकस्मिक अवलोकन गर्न आज भैरहवा आएका हुन् । मन्त्री भट्टराईले बन्दाबन्दीको समयमा पनि बिमानस्थलले उल्लेख्य प्रगति गरेका बताए । बन्दबन्दीको समयमा पनि बिमानस्थलले एउटा नया ट्याक्सी वे, टर्मिनल भवनमा फिनिसिङ्गको काम, लाईटिङ्ग लगायतको काममा उल्लेख्य प्रगति गरेको उनले बताए ।

आयोजनाको अन्तिम अन्तिम तिर आएर कोभिड–१९ ले प्रभाव पारेको कारण दक्ष जनशक्ति ल्याउन नसक्दा बाँकी काम रोकिएको स्विकार गर्दै मन्त्री भट्टराईले यसको समाधानको लागी कुटनैतिक पहल थालि सकेको जानकारी दिए । उनले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरि चीन, अष्ट्रिया, अमेरीका एवम थाईलैण्डबाट दक्ष जनशक्ति झिकाउने प्रयास भई रहेको बताए ।

दक्ष जनशक्ति झिकाउन सके बिमानस्थल सम्पन्न हुने म्याद डिसेम्बर सम्म सञ्चालन योग्य रुपमा तयार हुने उनले दावी समेत गरे । “डिसेम्बर सम्म तयार भएको बिमानस्थललाई सञ्चालनमा ल्याउन केही मापदण्ड र स्विकृतीहरु पार गर्नु पर्छ त्यो सबै पार गरे अब छिट्टै यो बिमानस्थलबाट उडान भर्नेछौ ।” मन्त्री भट्टराईले भने ।

९३ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल :

३१ डिसेम्बर २०१४ काम शुरु भएको आयोजनाको ९३ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरेको छ । ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक ३१ मार्च २०२० सम्मका लागि म्याद थप पाएको थियो । अहिले फेरी ३१ डिसेम्बर २०२० सम्मका लागी पाचौं पटक म्याद थप गरिएको छ ।

६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ ।

 
 
  
 

You may also like