मासु पसलमा अनुगमन

by समतल अनलाइन

सैनामैना । सैनामैना नगरपालिकाको मुर्गिया बजार आसपासमा संचालित मासु पसलको अनुगमन गरिएको छ । बजारमा खसी,बोका र कुखुराको मासुको अवस्था र गुणस्तरीयता जाँच गर्नका लागि सैनामैना नगरपालिकाको आयोजनामा बुधबार अनुगमन गरिएको हो ।

मुर्गिया बजारचोक देखी पुकारबाल्टी र झारबैरा सम्म रहेका करिब एक दर्जन मासु पसलहरुको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा मासु पसल बिना दर्ता संचालन भएको पाईएको छ भने कतिपय पसलमा मासु काट्ने र मासु राखिएका स्थान फोहोरयुक्त समेत पाईएका छन् । कैफियत भेटिएका मासु पसलमा फेरी अनुगमन गर्ने र त्यसक्रममा मापदण्ड पुरा नगरेको फेला परे ऐन अनुसार कारबाही गरिने नगर उपप्रमुख बिना रानाले बताउनुभयो । ईलाका प्रशासन कार्यालय बुटवलका जिवन आचायले गुणस्तरीय मासु बिक्रीका लागि पसलेहरुलाई सुझाव तथा सल्लाह दिईएको बताउनुभयो । साथै मासु काट्ने ठाउँमा सफासुग्घर राख्न आग्रह गरिएको छ ।

अनुगमनमा सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी, पशु विकास शाखा अधिकृत ईन्द्र खड्का, नगर कार्यपालिका सदस्य सबिता भुसाल भण्डारी,ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठ,उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम,सैनामैना उद्योण वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री, व्यापार संघका प्रतिनिधी,कर्मचारी, पत्रकार लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।

 
 
  
 

You may also like