अपडेट : रुपन्देहीको शंकरनगरमा माइक्रो बस पल्टिँदा ११ जना घाइते

by समतल अनलाइन

सुरेश परियार
बुटवल। रुपन्देहीको तिल्लोत्तमा न. पा. शंकरनगरमा माइक्रो बस पल्टिँदा ११ जना घाइते भएका छन् । सिद्धार्थ राजगमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न.३ मा अनियन्त्रीत भई लु १ ख ३५८१ नम्बरको मिन बस पल्टिदाँ बसमा सवार ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भात्तरईले जानकारी दिए ।

घाइते हुनेमा तिलोत्तममा नगरपालिका वडा न.४ बस्ने वर्ष ४४का बस चालक विजय थापा,वडा न.१२ बस्ने वर्ष ५०की तिलमाया थापा,बुटवल उपमहानगरपालिका वडा न.११ बस्ने वर्ष ५०की सुनिता क्षेत्रि,सोही स्थान बस्ने वर्ष २४की झर्ना क्षेत्रि,तिलोत्तममा वडा न.१२ बस्ने वर्ष ३० की कोकिला सुनार,सोही ठाउँ बस्ने वर्ष ३ की प्रतिक्षा सुनार,बुटवल उपमहानगरपालिका वडा न.१० कालिकानगर बस्ने बस्ने ४५ वर्षिय तुल्सी थापा,सोही ठाउँ बस्ने वर्ष ४५की मिना थापा,सोही ठाउँ बस्ने वर्ष ३८ का एकनसिहं दर्लामी, तिलोत्तममा नगरपालिका वडा न.८ बस्ने बर्ष ४५ की भगवती पन्थ र सोही ठाउँ बस्ने वर्ष ४५की सुकमाया थापा रहेको बुटवल प्रहरीले जनाएको छ ।

घाईते ११ जनालाई अहिले क्रिमसन अस्पतालमा उपचारका लागी पठाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।मिनि बसमा १४ जना सवार थिए ।

 
 
  
 

You may also like